नयाँबानेश्वरका अनधिकृत संरचना हटाउन चल्यो महानगरपालिकाको डोजर
३१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।
सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।
महानगरपालिकाले यो महिनाभर नै अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ ।
यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान बानेश्वरबाटै सुरू भएको थियो ।
प्रतिक्रिया दिनुहोस्