चट्याङ लागेर ३६९ भेंडाबाख्रा मरे
२६ भदौ, दार्चुला । दार्चुलाको नौगाडमा चट्याङ लागेर ३६९ भेंडाबाख्रा मरेका छन्।
नौगाड गाउँपालिका-४ को सीमा क्षेत्र जमाउ भन्ने ठाउँमा सात जनाका ३६९ भेंडाबाख्राको चट्याङ परेर मरेका स्थानीय हरकसिंह धामीले बताए।
नौगाड-४ का डम्बरसिंह धामी, वीरसिंह ठगुन्ना, झुने महता, विरभान ठगुन्ना र मार्मा गाउँपालिका-५ का रामचन्द्र महता, लोचन महता र नरेन्द्र महताले संयुक्त रूपमा चार सय ४२ भेंडा पालेका थिए।
तीमध्ये ७३ भेडाबाख्रा मात्रै जीवित भेटिएका हुन्।
प्रतिक्रिया दिनुहोस्