सेयर बजारमा २१ अंकको गिरावट

१५ भदौ, काठमाडौं । सेयर बजारमा २१ अंकको गिरावट आएको छ।

यसदिन नेप्से परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा अडिएको छ।

frontline

आज २२४ कम्पनीको २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर १ अर्ब १२ करोड ६२ लाख  ४७ हजार ८६२ रुपैयाँमा कारोबार भयो।

दोहोरो अंकले गिरावट आएको सेयर बजारमा १ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको १० करोड बढीको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएको छ।

फाइनान्स समूहको सूचक सर्वाधिक २.४२ प्रतिशतले घट्दा हाइड्रो पावरको २.१७ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here