क्रिकेट टोलि केन्या प्रस्थान

फाइल तस्बिर

७ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलि अन्तर्राष्ट्रिय एकदिवसीय र टी ट्वान्टी श्रृखंला खेल्न केन्या प्रस्थान गरेको छ । सोमबार राति नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन सम्मिलित टोलि केन्या प्रस्थान गरेको हो ।

सन्दीप लामिछानेको नेतृत्वमा रहेको टोलिमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आसिफ शेष, आरिफ शेष, दिपेन्द्र सिंह ऐरी, देव खनाल, अर्जून साउद ब्याट्सम्यानका रुपमा अटाएका छन् ।

frontline

त्यसैगरी, पवन सर्राफ, विवेक यादव, सोमपाल कामी, बसिर अहमद, आदिल आलम अलराउन्डरको रुपमा टोलिमा स्थान बनाएका छन् ।

साहब आलम, किशोर महतो, करण केसी विशेषज्ञ बलरका रुपमा टोलिमा छन् । नेपाल क्रिकेट संघले सोमबार नै केन्या जाने भ्रमण टोलिको विदाइ गरेको थियो ।
पुबुदु दसानायके प्रमुख प्रशिक्षकबाट राजीनामा गरेपछि संघले प्रमुख प्रशिक्षकको रुपमा मनोज प्रभाकरलाई नियुक्त गरेको थियो ।

प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टोलिले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न लागेको हो ।

नेपाली क्रिकेट टोलिले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा अन्तर्राष्ट्रिय टी र एकदिवसीय अन्तर्राष्ट्रियको श्रृखंला खेल्नेछ ।

केन्या भ्रमणमा नेपालले पाँच टी ट्वान्टी र तीन अन्तर्राष्ट्रिय एकदिवसीय खेल्ने तालिका रहेको छ ।

भ्रमणको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेल आगामी बिहीबार ९, भदौमा हुनेछ । अन्तिम टी ट्वान्टी खेल भदौ १४ मा खेलाइनेछ ।

तीन खेलको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलाको पहिलो खेल १७ भदौमा खेलिनेछ । दोस्रो एकदिवसीय खेल १८ भदौमा र भ्रमणको अन्तिम एकदिवसीय खेल २० भदौमा खेलाइने नेपाल क्रिकेट संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here