क्वाँटी – जनैपूर्णिमा : क्वाँटी खानुका फाइदा के के छन् ?

२७ साउन, काठमाडौं । जनैपूर्णिमाको दिन टुसा उम्रिएको गेडागुडीबाट बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी यस पर्वको खास खानेकुरा हो ।

धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ र टुसा उम्रपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि फाइदाजनक हुने पोषणविद्हरू बताउँछन् ।

frontline

चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर कम्तीमा पनि नौ प्रकारको गेडागुडी मिसाएपछि क्वाँटी बन्छ । क्वाँटी खानुका फाइदा के के छन् ? कति मात्रामा खाने ?

जनैपूर्णिमामा टुसा उमारिएको क्वाँटी खाने जुन चलन छ, त्यो एकदमै राम्रो चलन हो । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्त्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्त्व खानेकुराको माध्यमबाट प्राप्त हुने हो ।

त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यकता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो । त्यसैले  शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खानुपर्छ ।

जंकफुड धेरै खान सकिन्छ भने प्राकृतिक खाना धेरै खान सकिंदैन । त्यसैले प्राकृतिक खाना खानु स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हुन्छ ।

गेडागुडीलाई भिजाएर टुसा उमारेर खाँदा त्यसमा भएको पोषक तत्त्व सजिलै प्राप्त गर्न सकिन्छ । भिजाएर टुसा उम्रिएको गेडागुडी नपकाई काँचै पनि खान सकिन्छ । साँधेर पनि खान सकिन्छ त्यो मीठो र पोषिलो पनि हुन्छ । क्वाँटीको झोल बनाएर पनि खान सकिन्छ यसले ऊर्जा दिन्छ ।

गेडागुडी प्रोटिनको राम्रो स्रोत हो । आइरन, क्याल्सियम, भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा हुन्छ । क्वाँटी खानु स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ ।

यसमा भएको फाइबरले गर्दा पनि यो खानैपर्छ । हामीले दैनिक खाने खानामा आइरन, क्याल्सियम र प्रोटिनको केही मात्रा त हुन्छ, तर फाइबर हुँदैन । त्यसैले हामीले खाने खानामा फाइबरको मात्रा एकदमै कम हुन्छ जुन गेडागुडीबाट प्राप्त गर्न सकिन्छ ।

बोक्रा नफालिएको गेडागुडीमा धेरै मात्रामा फाइबर हुन्छ । जसको सेवनले मोटोपन घट्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्छ । यसले कब्जियत र पायल्स जस्ता समस्या कम गर्न पनि यो लाभदायक हुन्छ । पाचन प्रक्रियालाई एकदमै राम्रो बनाउँछ ।

वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन सकिंदैन । टुसा उमारिएको गेडागुडी समय-समयमा खाइरहनुपर्छ अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ ।

टुसा उम्रिएको गेडागुडीको सेवन दैनिक रूपमा गर्नु एकदमै राम्रो हो । त्यसैले कुनै पनि स्वास्थ्यवद्र्धक खानेकुरा वर्षमा एक दिन मात्र खाने बानी हटाएर समय-समयमा खाइरहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here