झापामा एम्बुलेन्सको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

१५ साउन, काठमाडौं । झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको हो ।

frontline

यही साउन ४ गते झापाकै कन्काई नगरपालिका–३ स्थित सुरुंगा–कुमरखोद सडकखण्डमा दक्षिण तर्फबाट उत्तरतर्फ गइरहेको मे१च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार कार्कीका श्रीमान्–श्रीमती घाइते भएका थिए ।

दुर्घटनापछि उपचारका लागि राजेशलाई नोबेल अस्पतालमा र उनकी श्रीमती शर्मिला कार्कीलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको थियो ।

उपचारका क्रममा आज राजेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

४६ वर्षीय एम्बुलेन्स चालक चन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here