नेप्सेमा दोहोरो अंकको वृद्धि, २ घन्टाको अवधिमा २ अर्बमाथिको कारोबार

१३ साउन,काठमाडौं । सेयर कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। 

 नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४०.३९ विन्दुमा बन्द भएको छ। 

frontline

दुई घन्टाको अवधिमा २ अर्बमाथिको सेयर कारोबार भएको छ।

आज २१५ कम्पनीको ५१ लाख १० हजार ७०० कित्ता सेयर २ अर्ब १९ करोड १३ लाख ९५ हजार ७८८ रुपैयाँमा खरिदबिक्री भयो। 

कारोबारमा आएका १३ समूहमध्ये १० को सूचक बढ्यो भने बाँकी ३ को घट्यो।

आज डेभलपमेन्ट बैंकको सूचक सर्वाधिक ४.६५ प्रतिशतले बढ्यो।

 होटल्स एन्ड टुरिजमको सूचक ३.८४ र अदर्शको १.४५ प्रतिशतले बढ्दा  बैंकिङ, ट्रेडिङ, फाइनान्स, मनु एन्ड प्रो, माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेस्टमेन्टको ० प्रतिशत माथिले बढ्यो।

१० समूहको सूचक बढ्दा हाइड्रो पावर, नन लाइफ इन्स्‍योरेन्स र म्युचुअल फन्डको सूचक घटेको हो।

आज एउटा मात्रै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। राष्ट्रिय उत्थान लघुवित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह‍यो। सो कम्पनीको १२ करोड बढीको सेयर कारोबार भयो।

बिहीबार नेप्से १५.४९ अंकले बढेर २१२७.४७ विन्दुमा पुगेको थियो।  करिब ५ अर्बको सेयर कारोबार भएको थियो।

कारोबारमा आएका १३ समूहमध्ये १० को सूचक उकालो लागेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here