राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

१२ साउन, काठमाडौं । राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ ।

बिहीबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

frontline

विधेयकमाथि बिहीबार नै दफावार छलफल प्रारम्भ भएको थियो । विधेयक पारित भएको घोषणा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभयो ।

त्यसैगरी बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here