राष्ट्रिय सभाबाट रेल्वे विधेयक बहुमतले पारित

१७ असार, काठमाडौं । राष्ट्रिय सभाले रेल्वे विधेयक २०७९ बहुमतले पारित गरेको छ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा दफावार छलफल गरी बहुमतले पारित गरेको हो।

frontline

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सो विधेयकमा दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् । सो विधेयक संशोधनका लागि ९ जनाले छलफलमा भाग लिएका थिए। 

एमाले सांसद देवेन्द्र दाहालले रेल्वेबारे केही विषय संशोधन गर्नुपर्ने बताए । उनले रेल चलाउने व्यक्ति २५ देखि ५० वर्षको उमेरका मात्रै हुनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरे।

सांसद विमला राई पौड्यालले रेल्वे प्रशासनप्रतिको नियुक्तिको विषयमा संशोधन हुनेपर्ने बताइन्। उनले प्रशासनमा शैक्षिक योग्यता इन्जिनियर मात्रै राखेको भन्दै व्यवस्थापन पढेका व्यक्तिले पनि प्रशासन चलाउन सक्ने भन्दै शैक्षिक योग्यता व्यवस्थापन राख्न आग्रह गरिन्।

कांग्रेस सांसद प्रकाश पन्थले अपांगता भएकाहरुलाई रेलको यात्रामा भाडादरमा पूरै छुट र सहुलियतको व्यवस्था हुनुपर्ने माग गरे। 

जवाफमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले अपांगता भएकाहरुलाई रेलको भाडामा छुट दिने व्यवस्था गर्ने प्रतिवद्धता जनाइन्। संशोधनकर्ताको तर्फबाट देवेन्द्र दाहालले संशोधन प्रस्ताव फिर्ता लिएका थिए।

त्यसपछि राष्ट्रियसभाबाट सो विधेयक बहुमतले पारित भयो।  

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here