जसपाले बोलायो केन्द्रीय समितिको बैठक

१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

frontline

५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् ।

फुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच अलग हने विषयमा छलफल भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here