केरुङबाट काठमाडौं रेल मार्ग निर्माण गर्न नसक्ने महामन्त्री शर्माको दाबी

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाण्डौ रेल मार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको छ ।

आज बुधवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं मार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् ।

frontline

उउले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताएका छन् ।

महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौ.रेल मार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने बताए।

नेपाल गरिब देश भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने उनको भनाइ छ ।

उनले भने ‘विश्वप्रकाश शर्मा बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन । हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ ।

आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौँ, तिमीहरू व्यापार गर, लिज बाटो दिन्छौँ । हामी गरिब देश हौँ, तिमीहरूको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौँ भन्न भारत र चीनलाई सक्नुपर्छ ।’

महामन्त्री शर्माले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ भने ध्यान दिनुपर्ने बताए ।

अहिले केरुङ–काडमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिरहेको भए पनि रेल कहाँबाट ल्याउने र सक्छौँ सक्दैनौँ भन्ने आधार नै नरहेको उनको भनाइ छ ।

उनले भने एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकै पटक चार वटामा प्रवेश गर्नु गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here