सेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से बढेसँगै कारोबार रकम पनि वृद्धि

१५ असार, काठमाडौं । लगातार तीन दिन ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ।

यसदिन नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा अडिएको छ। कारोबारको अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा झरेको  थियो।

frontline

सो दिन २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता सेयर १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँमा खरिदबिक्री भएको थियो। 

यसदिन नेप्से बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। आज २२८ कम्पनीको ४३ लाख ८६ हजार ४३९ कित्ता सेयर १ अर्ब ४३ करोड १४ लाख ६४१ रुपैयाँमा खरिद बिक्री भयो। २९ हजार ४३४ पटक सेयर कारोबार भयो।

सेन्सेटिभ इन्डेक्स पनि ६.५५ अंकले बढेर ३७९.१५ विन्दुमा पुगेको छ।

दोहोरो अंकले बढेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।  आँधीखोला लघुवित्त वित्तीय र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको क्रमश १०.०० र  ९.९९ प्रतिशतले सेयर मूल्य बढेको हो।

बरुण हाइड्रोपावरको ९.४५ प्रतिशतले सेयर मूल्य बढ्यो। यसैगरी तीन कम्पनीको ८ प्रतिशत बढीले मूल्य बढेको छ।

कारोबारमा आएका १३ समूहमा हरियाली छाएको छ। यसदिन ट्रेडिङ समूहको सर्वाधिक ६.५६ प्रतिशतले सेयर मूल्य बढ्यो। 

यसैगरी डेभलपमेन्ट बैंक समूहको ४.४३ र फाइनान्स समूहको ४.१४ प्रतिशतले मूल्य बढ्यो। हाइड्रो पावरको ३.९३ प्रतिशतले मूल्य बढ्दा होटल्स एन्ड टुरिज्मको ३.४६ प्रतिशतले सूचक बढेको हो। 

कारोबार रकमका आधारमा नगदी ग्रुप अग्रस्थानमा रह्यो। सो कम्पनीको ५ करोड ४२ लाख बढीको सेयर कारोबार भयो।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here