जग्गा वर्गिकरण नभएपनि धितो राखेर ऋण पाउने

७ असार, काठमाडौं । हाललाई जग्गा वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण प्रवाह लिन पाउने भएका छन् ।

सर्वोच्च अदालतको अन्तिरम आदेश बमोजिम हाललाई वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण गर्ने, धितो बन्धक पास गर्न सक्ने भएका छन्।

frontline

जग्गा राखेर ऋण दिन प्रवाह गर्न भूमि व्यवस्था तथा अभिलेख विभाग र सबै मालपोतलाई निर्देशन जारीगरि सकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले जानकारी दिए।

सबै मालपोत कार्यालयले यसै निर्देशनको आधारमा काम सूचारु गरिसकेको उनले जानकारी दिए ।

मन्त्रालयले भू-उपयोग ऐन र नियमावली बमोजिम  वर्गिकरण नगरी जग्गा धितो राखेर ऋण प्रवाह नगर्न नगराउन गरेको परिपत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो।

सर्वोच्चले हाल जग्गा वर्गिकरण भइनसकेकोले मन्त्रालयको निर्णय तत्काल कार्यान्वनय नगर्नु नगराउन भनि अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको यही आदेश बमोजिम मन्त्रालयले जग्गा बन्धकी राखि ऋण प्रवाह नरोकिने भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here