इन्धन मूल्य वृद्धिको विरोधमा यातायात व्यावसायीद्वारा चक्काजाम
६ असार,काठमाडौं । इन्धनको मूल्य बढेको विरोधम यातायात व्यावसायीले विराटनगरमा चक्काजाम गरेका छन् ।
मुल्यवृद्धिको विरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।
निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँले बढेर प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।
हवाई इन्धनको मूल्य आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि भएरप्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ । नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्