करको दर कायम गर्दा कुनै राष्ट्रघात नगरिएको अर्थमन्त्रीको दावी

फाइल फोटो

२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन् ।

बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन ।’

frontline

डलरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here