कोवाङबाट बाँकी १२ जनाको शव काठमाडौं लगियो

१७ जेठ, जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा जम्मा गरिएको १२ जनाको शव नेपाली सेनाको हेलिकोप्टरमा बिहान काठमाडौं लगिएको छ ।

सोमबार मौसम प्रतिकुल हुँदा कोवाङ झार्न नसकेको १० शव र बाँकी २ शव गरी १२ शव काठमाडौं पठाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

frontline

पोखराबाट जोमसोमका लागि उडेको जहाज आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मानापाथी हिमालको सानुसरे पहाडमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार चालक दलसहित २२ यात्रुको मृत्यु भएको थियो।

मौसम प्रतिकुल र समय अभावका कारण दुर्घटना क्षेत्रमा सोमबार जम्मा पारिएको १० शव र मंगलबार संकलन गरिएको २ शव गरी १२ शव माउन्टेन एअरको हेलीमार्फत कोवाङमा झारिएको थियो ।

योसँगै तारा एयर जहाज दुर्घटनामा परी मृत्यु भएका यात्रीको शव संकलन गर्ने काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here