गोरखाको भीमसेनथापा, गण्डकी, धार्चे गाउँपालिकामा माओवादीको जित

३ जेठ, गोरखा । अजीरकोट, बारपाक सुलीकोट जितेको माओवादीले गोरखाको भीमसेनथापा, गण्डकी  धार्चे गाउँपालिकामा पनि जित हात पारेको छ ।

सोमबार अजीरकोटमा दीपक देवकोटा, बारपाक सुलीकोटमा विष्णु भट्टले जीत हात पारेका थिए । 

frontline

मंगलबारको नतिजामा भीमसेन थापा गाउँपालिकामा लोकप्रसाद बञ्जरा, गण्डकी गाउँपालिकामा दीपक तिमिल्सिना र धार्चेमा लक्ष्मण गुरुङले जीत हात पारेका हुन् ।

अजीरकोटमा माओवादीकै अनिता भुजेल, बारपाक सुलीकोटमा पनि माओवादीकै सनमाया गुरुङ विजयी बनेका थिए भने भीमसेनथापा गाउँपालिकामा कांग्रेसकी अमृता वस्ती, गण्डकीमा कांग्रेसकै ललिता अधिकारी र धार्चेमा माओवादीकै सुनिला गुरुङ विजयी भएका हुन् ।

भीमसेन थापा गाउँपालिकाका अध्यक्षमा विजयी बन्जाराले ४,९८० मत ल्याए भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रोशन गुरुङले ४,८८५ मत ल्याएका थिए ।

त्यस्तै, उपाध्यक्षमा पदमा भने नेपाली कांग्रेसकी वस्तीले ४,९४९ मत ल्याएर उपाध्यक्षमा पदमा विजय हाँसिल गरेकी हुन् ।

गण्डकी गाउँपालिकाको वडा नम्बर १, ५, ६,७ मा माओवादी केन्द्र विजयी बनेको छ भने वडा नम्बर २,३,४ मा नेपाली कांग्रेसले जितेको छ।

धार्चे गाउँपालिकामा वडा नं. १, २, ४, ५, र ७ माओवादीले जितेको छ भने वडा नं. ३ र ६ एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here