रुसी फौजले २ जना मेयर अपहरण गरेको युक्रेनको आरोप

फाइल तस्बिर

३० फागुन, काठमाडौं । युक्रेनले रुसी फौजमाथि आफ्ना दुई जना मेयर अपहरण गरेको आरोप लगाएको छ । युक्रेनको सरकारले रुसी फौजमाथि मारिउपोल र दिनिप्रोरुड्ने शहरका मेयरलाई अपहरण गरेको आरोप लगाएको हो ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुबेलाले दक्षिण शहर दिनिप्रोरुद्नका मेयर यभहेन मात्भेयभलाई रुसी सेनाले अपहरण गरेको भन्दै रुसले आतंककारी रणनीति अपनाउन थालेको बताएका छन् ।

frontline

यसअघि रुसी सेनाले मारिउपोलका मेयर इभान फेदोरोभलाई अपहरण गरेको बताइएको थियो । रुसले फेदोरोभको स्थानमा नगर परिषद्की पूर्व सदस्य समेत रहेकी गालिना डानिलचेङ्कोलाई नियुक्त गरेको युक्रेनको संसदले जनाइसकेको छ ।

मारिउपोलकी नयाँ मेयर गालिनाले आफ्नो पहिलो सम्बोधनमा शहरबासीलाई ‘अतिवादी गतिविधि’मा नलाग्न अनुरोध गरेकी छन् ।

नयाँ परिस्थितिसँग मेल खाने गरी आधारभूत संयन्त्र खडा गर्ने आफ्नो प्रमुख काम रहेको पनि उनको भनाइ छ ।

तर शनिबार मारिउपोलका अपदस्थ मेयर फेदोरोभलाई मुक्त गर्न भन्दै सैयौंले विरोध प्रदर्शन गरेको बीबीसीले जनाएको छ ।

फेदोरोभलाई शुक्रबार एक हतियारधारी समूहले नियन्त्रणमा लिएर कार्यालयबाट अन्यत्र लगेको थियो ।

रुसी अधिकारीले भने फेदोरोभको अपहरण भएको समाचारबारे कुनै टिप्पणी गरेको छैन । तर पृथकतावादीको नियन्त्रणमा रहेको लुहान्सकको अभियोजनकर्ताको कार्यालयले उनीमाथि ‘आतंककारी गतिविधि’मा संलग्न रहेको आरोप लगाएको समाचारमा उल्लेख छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत रुसमाथि ‘छद्म गणतन्त्रहरू’ स्थापना गरी युक्रेनलाई छुक्र्याउने प्रयास गरेको आरोप लगाएका छन् ।

उनले शनिबार राति एक भिडियोमार्फत् सम्बोधन गर्दै रुसमाथि यस्तो आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here