माधव नेपालसहित १४ सांसदविरुद्ध दायर रिटको पूर्ण सुनुवाई चैत २० गते

३० फागुन, काठमाडौं । नेकपा एमाले छाडेका माधव नेपालसहित १४ जना सांसदविरुद्ध दायर भएको रिटको पूर्ण सुनुवाई चैत २० गतेका लागि तोकिएको छ ।

आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको पूर्ण सुनुवाइ गर्न मनासिव देखिएको भन्दै पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेको हो ।

frontline

आदेशमा भनिएको छ, ‘निवेदकबाट उठाइएका संवैधानिक तथा कानुनी प्रश्नहरुको निरुपण छिटोछरितो रुपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको हुँदा मिति २०७८÷१२÷२० गते आइतबारको पेशी पूर्ण सुनुवाइका लागि नियमानुसार गरी पेश गर्नू ।’

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाई माधव कुमार नेपालसहित १४ सांसदविरुद्ध मुद्धा दायर गरेका थिए । अध्यक्ष ओलीले नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेपछि पुनः कारबाहीका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरेका थिए ।

तर, सभामुख सापकोटाले कुनै कारबाही अघि नबढाएको र आयोगले पनि दलको मान्यता दिएपछि अध्यक्ष ओली अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here