पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धि नियन्त्रण गर्न एकीकृत समाजवादीको माग

श्रोत : ईन्टरनेट

२७ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धि नियन्त्रण गर्न माग गरेको छ ।

विहीबार नेकपा (एस)को केन्द्रीय कमिटी बैठकले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धि नियन्त्रण गर्न माग गरेको हो ।

frontline

यसका साथै बैठकले मुलुकको आर्थिक सूचकहरु कमजोर भइरहेको भन्दै सरकारलाई आर्थिक सुधारका लागि ठोस योजना चाल्न सुझावसमेत दिएको छ ।

त्यस्तै जनचाहना अनुरुप राज्यका सवै अंगमा भ्रष्टचारको नियन्त्रण र छानविन गर्नका लागि शक्तिशालि आयोग गठन गर्न पनि माग गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी गराए ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने निर्णय भएको उनले बताए । त्यस्तै बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिवेदनमा वर्तमान अन्तराष्ट्रिय परस्थीति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरुको समीक्षा र पार्टीका आगामी कार्ययोजना लगाएतका विषय समेटिएको छ ।

यसका साथै बैठकले मोर्चा संगठन सञ्चालन निर्देशिका र सम्पर्क मञ्च सञ्चालन निर्देशिका पनि सुझावसहित पारित गरेको छ ।

साथै १५ बुँदे समसामयिक प्रस्तावहरूसमेत पारित गरिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

त्यसअघि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले प्रतिगमनकारी दक्षिणपन्थी शक्तिसँग आफूहरुको लडाइ कायमै रहेको बताएका थिए ।

उनले आफूभित्र भएका कमी–कमजोरीहरु सच्चाएर आपसमा विश्वासको वातावरण बनाउदै पार्टीलाई जनताकेन्द्रीत बनाउन निर्देशन दिए ।

यसका साथै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दूमा राखेर पार्टी गतिविधि अघि बढाउन निर्देशन पनि दिएका छन् ।

समूहगत छलफलका क्रममा नेताहरुले पार्टीबाट मन्त्री भएकाहरुको आचरणप्रति प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here