कांग्रेस कैलाली अधिवेशनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि पुनः मतदान हुने

१७ फागुन, धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि पुनः मतदान हुने भएको छ ।

आइतबार भएको मतदानमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः दोस्रो चरणमा मतदान हुने भएको हो ।

frontline

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९, नारायणदत्त भट्टले एक हजार ७२ र रामप्रसाद कलेलले १९७ मत प्राप्त गरेका छन् ।

अब सभापति पदका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । मंगलबार महाशिवरात्रि पर्व भएकाले बुधबार मात्र मतदान गर्ने निर्वाचन अधिकृत सुवेदीले बताए ।

पहिलो चरणमा कांग्रेस सभापतिका लागि पदका लागि संस्थापन पक्षका बम र भट्टबीच मुख्य प्रतिस्पर्धा भएको छ ।

अब पहिलो चरणबाट बाहिरिएको शेखर कोइराला पक्षका उम्मेदवार कलेल निर्णायक बनेका छन् ।

उनले बमलाई सघाएको खण्डमा सहज जित हुने देखिन्छ भने भट्टलाई सघाएमा जितका लागि बमले पाएका केही मतसमेत उनले तान्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here