एमसीसी जबरजस्ती पास गरे देशमा राष्ट्रिय युद्ध हुने सीपी गजुरेलको चेतावनी

फाइल तस्बिर

७ फागुन, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले देशको स्वाधीनताको रक्षाका लागि सबै देशभक्त क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार एमसीसीको  विरोध प्रदर्शनपछि गजुरेलले सो कुरा गरे । 

उनले यदि एमसीसी जबरजस्ती पास गरे देशमा राष्ट्रिय युद्ध हुने चेतावनी पनि दिए । उनले एमसीसी पास भएमा अहिलेको व्यवस्थालाई पनि उलटपुलट पारिदिने बताए । 

frontline

उनले एमसीसी खारेज नहुन्जेल ठुला विरोध प्रदर्शन गर्नुपर्ने पनि बताए । उनले देशभक्त क्रान्तिकारीहरु परेमा जस्तोसुकै कदम चाल्न तयार हुने पनि बताए ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here