प्रहरीमा तीन एआइजीको दरबन्दी थप गर्ने निर्णय

फाइल तस्बिर

५ फागुन, काठमाडौं । सरकारले प्रहरीमा थप तीन जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए।

गृहमन्त्री बालकृष्ण खाँणले एआइजी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए। त्यसअघि प्रहरी प्रधान कार्यालयले तीन वटा दरबन्दी थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो। एआइजी थपिएसँगै नेपाल प्रहरीमा प्रशासनतर्फको एआइजीपीको संख्या ८ पुगेको छ।

frontline

त्यस्तै सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here