ए’ डिभिजन लिग : एपीएफ-संकटा बराबरी

फाइल तस्बिर

२ फागुन, काठमाडौं । विभागीय टोली एपीएफ र संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफ र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

frontline

बराबरीसँगै १० खेलमा १५ अंक जोडेको संकटा लिगको पाँचौं स्थानमा छ। एपीएफले १० खेल ११ अंक जोडेको छ। एपीएफ तालिकाको नवौं स्थानमा छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आइतबार नै भएको खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले पनि बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटी र हिमालयन शेर्पाले गोलरहित बराबरी खेल्दै एक\एक अंक बाँडेका हुन्।

दुवै टोलीले खेल अवधिभर पाएका थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए। यस बराबरीसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ।

एनआरटी लिगको सातौं स्थान रहेको छ । १० खेलमा १२ अंक जोडेको हिमालयन शेर्पा तालिकाको आठौं स्थानमा छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here