‘गठबन्धनको विषयमा निर्णय गर्ने बेला भएको छैन : कांग्रेसको निर्णय
२७ माघ, काठमाडौं । एमसीसीको विषयलाई लिएर सत्तारुढ गठबन्धनको विषयमा भइरहेको टीकाटीप्पणीविरुद्ध नेपाली कांग्रेसको कार्यसम्पादन बैठकमा छलफल भएको छ।
कांग्रेसका पार्टी प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको विषयमा अहिल्यै निर्णय गर्ने बेला नभएको बताएका छन्।
बैठकमा भएको छलफल र निर्णयबारे जानकारी दिँदै उनले गठबन्धनबारे उपयुक्त निर्णय गर्ने बेला भइनसकेको बताए।
‘गठबन्धनको विषयमा निर्णय गर्ने बेला भएको छैन। सबै दलले आफ्नो आधारबारे मूल्यांकन गर्लान्। उपयुक्त समयमा निर्णय आउँछ,’ उनले भने।
त्यस्तै बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने, भातृसंस्था र शुभेच्छुक संस्थाबारे के गर्ने विषयमा छलफल भएको उनले बताए।
उनले विधानसम्मत सबै संगठनलाई प्रभावकारी बनाउने निर्णय भएको बताए। त्यस्तै एमसीसी र संसद गतिरोधका विषयमा पनि छलफल भएको प्रवक्ता महतले बताए।
प्रतिक्रिया दिनुहोस्