चिडियाघरको पोथी सिंह भाग्यो गार्डलाई मारेर भाले सिंहसँग..

१७, काठमाडौं । इरानको चिडियाघरमा भएको एक घटनाबारे व्यापक चर्चा हुन थालेको छ । चिडियाघरभित्र कैद गरेर राखिएको एक पोथीले विचित्रको व्यवहार देखाएपछि त्यसको चर्चा हुन थालेको हो ।
इरानका स्थानीय समाचार माध्यमले सोमबार छापेको समाचार अनुसार चिडियाघरमा कैद गरेर राखिएको एक पोथी सिंहले चिडियाघरका एक गार्डलाई मारेर भाले सिंहसँग भागेको थियो ।




‘कैयौं वर्षदेखि चिडियाघरमा राखिएको एक पोथी सिंहले पिँजडाको ढोका खोली बाहिर आएको र पिँजडाभित्र रहेका दुवै सिंहलाई खाना लिएर आएका ४० वर्षीय गार्डलाई मारेको हो’, इरानको सरकारी समाचार माध्यम आईआरआईबीसँग चिडियाघरका एक कर्मचारीले भने ।
ती कर्मचारीका अनुसार राजधानी तेहरानबाट २०० किलोमिटर टाढा अवस्थित मार्काजी प्रान्तको अरक शहरको एक चिडियाघरमा पिँजडा तोडेर दुबै सिंह भागेका थिए ।
‘उक्त घटनालगत्तै सुरक्षाकर्मीले चिडियाघरलाई नियन्त्रणमा लिएका थिए’, मार्काजी प्रान्तका गभर्नर अमिर हदीलाई उदृत गर्दै समाचारमा लेखिएको छ । दुवै सिंहलाई समात्ने प्रयास सफल भएको पनि हदीको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्