माघ १५ देखि २० सम्म खोप अभियान सञ्चालन गर्न देशभरका विद्यालयहरुलाई सरकारको निर्देशन
१२ माघ, काठमाडौं । सरकारले यही माघ १५ देखि २० गतेसम्म देशभरका विद्यालयहरुमा कोरोना खोप अभियान सञ्चालन गर्ने भएको छ। यसका लागि हाल बन्द रहेका सबै विद्यालयहरु खुला गरिने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गरी माघ १५ देखि २० गतेसम्म विद्यालय खुला गरी सम्पूर्ण विद्यार्थीहरुलाई खोप लगाउने व्यवस्था गर्न देशभरका विद्यालयहरुलाई निर्देशन दिएको छ।
मन्त्रालयले विद्यार्थीहरुको नाम अद्यावधिक गर्न र स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य संस्थामा सम्पर्क गरी विद्यार्थीहरुमा खोप सुनिश्चतता गर्न पनि आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्