भारतमा २४ घण्टामा ओमिक्रोनका १६१ नयाँ संक्रमित, १४३१ पुग्यो

१७ पुस, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका १६१ नयाँ सक्रमित भेटिएका छन् ।

योसँगै देशमा ओमिक्रोन संक्रमितको कुल संख्या १ हजार ४३१ पुगेको छ ।

frontline

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २३ राज्य र केन्द्र शासित प्रदेशमा ओमिक्रोनका १ हजार ४३१ संक्रमित भेटिएका हुन् ।

तीमध्ये ४८८ जना संक्रमणबाट निको भएका छन् ।

ओमिक्रोनको संक्रमण महाराष्ट्र र दिल्लीमा सबैभन्दा बढी छ । महाराष्ट्रमा हालसम्म ४५४ ओमिक्रोन संक्रमितहरू भेटिएका छन् । योसँगै दिल्लीमा ओमिक्रोन संक्रमित बढेर ३५१ पुगेका छन् ।

केरलामा ११८ ओमिक्रोन संक्रमित भेटिएका छन् । यो ओमिक्रोनबाट तेस्रो सबैभन्दा प्रभावित राज्य हो र गुजरात ११५ संक्रमितसहित चौथो राज्य हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here