नारायणी रंगशालाका लागि विशेष बजेट दिन सांसद कानुको माग

वीरगन्ज: पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य (सांसद) सुशील साह कानुले वर्षौंदेखि जीर्णोद्धारको पर्खाइमा रहेको वीरगन्जको नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद कानुले वीरगन्जले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएको भए पनि वीरगन्जमै रहेको देशकै दोस्रो ठूलो रंगशाला नारायणी रंगशालाको जीर्णोद्धारा र सँगै रहेको टीबी शाह क्रिकेट मैदान निर्माणका लागि सरकारको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो गरे। उनले खेलकुद पूर्वाधारका क्षेत्रमा भने वीरगन्ज अझै उपेक्षित नै रहेको बताए।

frontline

उनले नारायणी रंगशालाको जीर्णोद्धार र स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा त्यसका लागि सरकारलाई धन्यवाद दिए। तर, उक्त रकम पर्याप्त नभएको भन्दै उनले आगामी ११औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत ध्यानमा राख्दै वीरगन्जकै टीबी शाह क्रिकेट मैदान निर्माणका लागि पनि आवश्यक बजेट तत्काल सुनिश्चित गरिदिन सरकारसगँ माग गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here