मनकामना केबुलकार मर्मतका लागि चार दिन बन्‍द हुने

१ पुस, काठमाडौं । मनकामना केबुलकार मर्मतका लागि चार दिनका लागि बन्‍द हुने भएको छ ।

आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने कम्पनीले जनाएको छ। कम्‍पनीका अनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ ।

frontline

मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ । तर बन्‍द अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ।

कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको जनाएको छ।

चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ। कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here