एमालेले देशभर एकैसाथ दशौँ महाधिवेशन प्रतिनिधि चयन गर्दै

२७ कार्तिक काठमाडौं । एमालेले शनिबार देशभर एकैसाथ दशौँ महाधिवेशन प्रतिनिधि चयन गर्दै छ । सर्वसम्मति नभएको ठाउँमा शनिबार मतदानको प्रक्रियाबाट प्रतिनिधि छनोट हुनेछन् । प्रतिनिधिका आकांक्षी धेरै रहेकाले अधिकांश ठाउँमा निर्वाचनको सम्भावना छ । करिब आठ लाख पार्टी सदस्यले महाधिवेशन प्रतिनिधि चयन गर्दै छन् ।

१०–१२ देखि मंसिरमा चितवनमा हुने महाधिवेशनमा एक हजार नौ सय ९९ प्रतिनिधि सहभागी हुँदै छन् । महाधिवेशनमा पदेन, निर्वाचित र मनोनीत प्रतिनिधि सहभागी हुनेछन् । 

frontline

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले धेरै ठाउँमा सर्वसम्मत प्रतिनिधि चयन हुने दाबी गरे । स्थानीय तहको अधिवेशन सर्वसम्मत गराएको एमालेले महाधिवेशन प्रतिनिधि छनोटमा पनि सर्वसम्मति गर्न इन्चार्ज, सम्बन्धित प्रदेश र जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ । तर, अधिकांश जिल्लामा आकांक्षी धेरै छन् । 

एमालेले एक सय ६५ निर्वाचन क्षेत्र र गैरभौगोलिक विशेष प्रदेशअन्तर्गतका क्षेत्रबाट १२ सय संगठित सदस्यबराबर हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीनजना प्रतिनिधि छनोट गर्दै छ । १२ सयभन्दा बढी सदस्य रहेको क्षेत्रमा आठ सय सदस्यबराबर एक पुरुष र एक महिला प्रतिनिधि छनोट गर्नेे मापदण्ड एमालेले बनाएको छ ।

प्रदेश र सोसरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा दुई महिलासहित पाँचजना, जिल्ला र विशेष जिल्लाअन्तर्गतका पाँच सयसम्म दलित पार्टी सदस्यमध्येबाट एकजना प्रतिनिधि चुनिँदै छन् ।

दलित सदस्य संख्या पाँच सयभन्दा माथि भएमा एकजना महिला अनिवार्य र सोपछि प्रत्येक पाँच सयमा महिलाको एकतिहाइ हुने गरी एक–एकजनाको दरले प्रतिनिधि छनोट गर्ने एमालेको मापदण्ड छ । एमालेले दशौँ महाधिवेशनका लागि लोगो पनि सार्वजनिक गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here