वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको मृत्यु आत्महत्या नभई शारीरिक दुर्बलता

२७ कार्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत्यु आत्महत्या नभई शारीरिक दुर्बलताका कारण भएको पाइएको छ ।

चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उनको परिवारले शुक्रवार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको ७ तले भवनको ४ तल्लाबाट रिंगटा लागेर अचेत भई ढलेर निधन भएको स्पष्ट पारेको हो । 

frontline

असोज २१ गते घटस्थापनाका दिन ७४ वर्षीय चतुर्वेदीको काठमाडौं महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन होटलमा घटना भएको थियो । रामाज्ञाप्रसादको आत्महत्या भनेर मिडियामा आएपछि परिवारले उनको मृत्यु आत्महत्याबाट नभई शारीरिक कारण भएको जनाएको हो ।

गौतम अग्रवालको निर्माणाधीन होटलको चौथो तलाबाट रामाज्ञाप्रसाद ढलेर सडक शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘पोस्टमार्टम’ गर्दा पनि आत्महत्या नदेखिएको स्व. चतुर्वेदीकी पत्नी आशा चतुर्वेदीले बताइन् ।

‘चतुर्वेदीको निधनबारे विभिन्न सञ्चारमाध्यममा परिवारका सदस्यलाई नसोधी एकतर्फीरूपमा आत्महत्या हुनसक्ने भन्ने खालको भ्रामक समाचारले हामी परिवारका सदस्य झन् विक्षिप्त र मर्माहत भएका छौं,’ उनले भनिन् ।

दुर्घटना हुनुभन्दा अघिल्लो दिन अर्थात् असोज २० गते कमजोरी महसूस भई रिङ्गटा लागेर चाबहिलको ओम हस्पिटलमा उपचारको क्रममा ल्याब परीक्षण गर्दा रामाज्ञाप्रसादमा सोडिमको कमी र अत्याधिक मधुमेह, उच्च रक्तचाप देखिएको परिवारले जनाएको छ ।

दुर्घटना हुनुभन्दा ३ हप्ताअघि उनको तिलगंगा आँखा अस्पतालमा मोतिविन्दुको शल्यक्रिया समेत गरिएको थियो ।

रामाज्ञाप्रसाद तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष थिए । उनी होटल तपस र होटल रामानमका पनि अध्यक्ष हुन् ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here