प्रतिनिधिसभाको बैठक कात्तिक ११ गते बस्ने

फाइल तस्बिर

काठमाडौँ, ३ कात्तिक (रासस) ः प्रतिनिधिसभाको यही कात्तिक ९ गते मङ्गलबारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा विशेष कारणबस सो दिन उक्त समयमा बैठक बस्न नसक्ने उल्लेख छ ।

frontline

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको पनि सूचनापत्रमार्फत जानकारी दिइएको छ । –––

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here