नापी कार्यालयका सर्भेक्षकको पौने ४ करोडको अवैध सम्पत्ति!
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध ४ करोड ७४ लाख ८१३ रुपैयाँ बिगो माग गर्दै बिहीबार विशेष अदालतमा आरोप- पत्र दायर गरेको हो।
श्रेष्ठले पदीय मर्यादाविपरीत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी त्यसको केही हिस्सा श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको पाइएको आयोगको दावी छ।
श्रेष्ठले सरकारी सेवामा प्रवेश गरेको मिति २०५३ साउन २७ देखि २०८१ चैत्र २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी आयोगले उनको सम्पत्तिमाथि अनुसन्धान गरेको हो। सोही अवधिमा श्रेष्ठको कूल आम्दानी ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ रहेको देखिएको आयोगले जनाएको छ।
तर, सोही अवधिमा उनले जग्गा खरिददेखि बैंक मौज्दातलगायतमा कूल १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। आम्दानीभन्दा खर्च अस्वभाविक देखिएको तथा सम्पत्ति लुकाइ झुट्टा विवरण पेश गरेको श्रेष्ठमाथि आरोप छ।






प्रतिक्रिया दिनुहोस्