मेट्रो फुटसल कप एक सातापछि
काठमाडौँ, १४ असोज (रासस) : मेट्रो फुटसल कप एक सातापछि हुने भएको छ । नेकपा (माओवादी केन्द्र) निकटको योङ्ग कम्युनिष्ट लिग, काठमाडौँ–१ को क्षेत्रीय कमिटीले यही असोज २२ र २३ गते उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा प्रथम हुनेले रु एक लाख, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
माओवादी केन्द्रको काठमाडौँ निर्वाचन क्षेत्र नं १ का इञ्चार्ज अनिल शर्माले प्रतियोगितामा सहभागी हुने ३२ समूहलाई आज जर्सी हस्तान्तरण गर्नुभयो । उक्त प्रतियोगिता भृकुटीमण्डपमा सञ्चालन हुनेछ । –––
प्रतिक्रिया दिनुहोस्