अफगानिस्तानसँग नयाँ कूटनीतिक अभियान सुरु : अमेरिकी विदेशमन्त्री

एजेन्सी । अमेरिकाले अफगानिस्तानसँग सम्बन्धको नयाँ अध्याय सुरु भएको बताएको छ ।

अफगानिस्तानबाट झण्डै २० बर्षपछि सोमबार राति आफ्ना सबै सैनिक बोकेर अन्तिम विमान उडेपछि अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अब अफगानिस्तानसँग आफ्नो नयाँ कूटनीतिक अभियान सुरु भएको बताएका हुन् ।

frontline

उनले काबुलमा रहेको अमेरिकी दूतावास कतारको राजधानी दोहामा सारिएको समेत जानकारी दिएका छन् ।

‘अफगानबाट हाम्रा सबै सैनिक फिर्ता भइसकेका छन् । अब अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको छ ।

जसअन्तर्गत हामी कूटनीतिक ढंगले अगाडि बढ्ने छौं । हाम्रो सैनिक मिसन पूरा भयो । एक नयाँ कूटनीतिक अभियान सुरु भयो’, उनले भनेका छन् ।

अमेरिकाले १ लाख २३ हजार जनालाई अफगानिस्तानबाट सुरक्षित रूपमा निकालेको छ । जसमध्ये ६ हजारभन्दा बढी अमेरिकी सैनिक नै रहेको उनले बताए ।

उनले अफगानिस्तानको राजनीतिक र सुरक्षा परिस्थिति हेरेर चालिएको यो समझदार कदम भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here