तालिबानका प्रवक्ता शाहीनले आफ्ना लडाकुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न निर्देशन
सोमबार, एजेन्सी । तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुहरुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न निर्देशन दिएका छन् ।
तालिबान प्रवक्ता शाहीनले आफ्ना लडाकुहरुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न र उनीहरुका कुनै पनि सामग्री नछुन निर्देशन दिएका हुन् ।
उनले भनेको छन्, ‘कसैलाई पनि अनुमति बिना कसैको घरमा प्रवेश गर्न अनुमति छैन ।
कसैको जीवन, सम्पत्ति र सम्मान लाई हानी हुने छैन तर मुजाहिदीन द्वारा सुरक्षित हुनु पर्छ ।’
काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।
प्रतिक्रिया दिनुहोस्