लुम्बिनीका वली र शाहीलाई बर्खास्त गर्ने तयारी

शुक्रबार, लुम्बिनी । नेकपा एमालेले लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनलाई सघाउने दुई जना सांसदमाथि कारबाही गर्ने भएको छ ।

विपक्षी गठबन्धनलाई सरकार निर्माणमा सहयोग गर्ने सांसदहरु विमला वली र अजय शाहीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

frontline

उनले सांसद वलीलाई कारबाही गरेको पत्र केन्द्रीय कमिटीबाट पारित भएर आउने क्रममा रहेको र शाहीलाई स्पष्टिकरण सोध्ने तयारी भएको जानकारी दिए ।

प्रमुख सचेतक ढकालले दुवैलाई  बर्खास्त गर्ने तयारी भइरहेकाे जानकारी दिए ।

‘विमला वलीलाई पहिले नै प्रक्रिया अगाडि बढाएका छौं । केन्द्रीय कमिटीबाट अन्तिम पत्र आउँदैछ । शाहीलाई पनि स्पष्टिकरण सोध्ने तयारी हुँदैछ । दुवैलाई बर्खास्त गर्छौं’, उनले भने ।

सूर्य चिन्हबाट चुनाव जितेका सांसदद्वय वली र शाहीले विपक्षी गठबन्धनलाई सघाएका छन् ।

वलीले गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि एमाले रोजेकी थिइन् ।

पछि फेरी आफूले माओवादी केन्द्र रोजेको भन्दै अर्को विज्ञप्ति जारी गरेकी थिइन् ।

तर, एमालेले सूर्य चिन्हबाट चुनाव जितेको र संसदीय दलका बैठकमा समेत भाग लिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

केही समय अगाडि सांसद वलीले आफू माओवादी केन्द्रमा रहेको भन्दै मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको भन्दै पत्रकार सम्मेलनमार्फत जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here