पाकिस्तानले दियो ३० भेन्टिलेटरसहित स्वास्थ्य सामग्री
शुक्रबार, पाकिस्तान । पाकिस्तान सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
बिहीबार पाकिस्तानले नेपाललाई ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी मेसिन दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
पाकिस्तान सरकारले पठाएको उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले बुझेका थिए।
सरकारले स्वास्थ्य सामग्री र कोभिड-१९ विरूद्ध लड्न सघाएकोमा पाकिस्तानी सरकारलाई धन्यवाद समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्