ट्रकको ठक्करबाट महिलाको मृत्यु

चितवन । चितवनमा ट्रकले ठक्कर दिदा एकजना महिलाको मृत्यु भएको छ ।

आज दिउँसो भरतपुर महानगरपालिका -३ पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटीको पछाडी सवार भरतपुर-१५ कि ३० वर्षिय बिणु दवाडीको मृत्यु भएको हो ।

frontline

सोही ठाउँकी स्कुटी चालक २२ वर्षिय जस्मिन न्यौपाने घाइते भएकि छिन ।

दिउँसो १:४५ बजे गैंडाकोटबाट चौबिसकोठीतर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा गम्भीर घाइते भएकी दवाडीको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

घाइते न्यौपानेको अवस्था मध्यम छ । उनको चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटना गराउने ट्रक चालकलाई सवारीसाधनसहित नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here