प्रचण्डद्धारा नारायणी नदीको डुबान र कटानको स्थलगत निरीक्षण

श्रोत : ईन्टरनेट

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलवार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तरगतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत निरीक्षण र समस्याका बारेमा बुझेका छन् ।

भरतपुर महानगरपालिका वडा न २६ को सिसई क्षेत्रको अनुगमन गर्दै नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफूले यसको विस्तृत गुरूयोजना बनाई काम अगाढी बनाएकोमा र आवश्यक बजेटको सुनिश्चियताको लागी आफू लागिरहेको वताएका छन् ।

frontline

सो अवसरमा अध्यक्ष प्रचण्डले स्थानिय डुबानको पिडामा परेका समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदिको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा स्थानियहरूले डुवान कटान र असार पहिलो हप्ता आएको बाढीले पारेको क्षतिका बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष प्रचण्डले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भयको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भैरहेका क्षति न्यूनिकरण गर्न आफूले अर्थमन्त्री संग आवश्यक बजेटका लागि कुरा गरिरहेको समेत बताएका थिए ।

आज नै यस सम्बन्धी भएका कामहरूका बारेमा जित्ला प्रशासन कार्यालयमा सरोकारवाला कार्यालय प्रमुखहरूसंग छलफल समेत गर्ने बताए ।

असार पहिलो हप्ता आएको बाढीका कारण भरतपुर महानगरपालिकाको वडा न ३ को दोभान चोक ,वडा न १६ को झनझने र वडा न २६ को सिसई मागरी २५० घर डुबानमा परेका थिए भने १ सय बिगाहा बढी खेतीयोग्य जमिन डुबानमा परेको थियो ।

सो अवसरमा चितवनका प्रमुख जिल्ला नेत्रप्रसाद लामिछाने र नारायणी नदी वयवस्थापन आयोजना कार्यालय चितवनका प्रमुख ई. रुकमान्त खनाल र ई.प्रकाश लम्सालले नदी कटान नियन्त्रणका बारेमा जानकारी गराएका थिए ।

आयोजनाले यो बर्ष गत साताको कटानले २९ करोड थप व्यबहार थपेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here