प्रधानमन्त्रीद्धारा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक आह्वान
फ्रन्टलाइन देश । देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण क्षति पुगेसंगै विपद् व्यवस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गर्नुभएको छ । आजैका लागि बोलाइएको सो बैठकमा गएरातिदेखिको वर्षा र पहिरोका कारण विभिन्न स्थानमा पुगेको क्षतिबारे प्रधानमन्त्री ओलीले जानकारी लिने र त्यसको प्रतिकार्य र पीडितलाई राहत तथा पुनर्स्थापनाबारे छलफल हुने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण श्रोतले जानकारी गराएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्य रहेका छन् छन् ।
प्रतिक्रिया दिनुहोस्