स्रोत नखुलेको ५० लाख ५० हजारबढी रकमसहित २ जना पक्राउ

 काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।  

frontline

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर ९ गते  दिउँसो करिब १ बजे काठमाडौँ महानगरपालिका–१७ ठमेलस्थित ‘स्नोलाइन’  होटलमा अवैध रूपमा स्रोत नखुलेको रकम लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा खानतलासी गर्दा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here