इजिप्टको तेल ट्यांकर पल्टिएर भीषण आगलागी, ३१ जनाको मृत्यु
इजिप्टको राजधानी कायरो नजिकै बुधबार राति तेल ट्यांकर पल्टिएर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जनाभन्दा बढी घाइते भएका छन् ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार तेल ट्यांकरमा लागेको आगो आसपास रहेका दुई दर्जनभन्दा बढी कार र मोटरसाइकलमा फैलिँदा ठूलो क्षति भएको हो । आगलागीमा परेका सवारीसाधनभित्र रहेका मानिसलाई उद्धार गरी बाहिर निकालिएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार तेल बोकेको ट्यांकर अनियन्त्रित भई सडकमा पल्टिएपछि विस्फोट भएको थियो । त्यसलगत्तै लागेको आगोले सडकमा गुडिरहेका तथा रोकिएका अन्य सवारीसाधनलाई समेत चपेटामा लिएको थियो ।
घटनाको जानकारी पाएलगत्तै दमकल तथा उद्धारकर्मी घटनास्थल पुगेका थिए । आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी र दमकलकर्मी परिचालन गरिएको थियो । घटनास्थलमा रहेका स्थानीय बासिन्दाले समेत घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याउन सहयोग गरेका थिए । आगो अहिले नियन्त्रणमा लिइसकिएको छ ।






प्रतिक्रिया दिनुहोस्