उठाइएन त्रिदेशीय जलवायु संयन्त्रको मुद्दा
प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने राजकीय भ्रमणका क्रममा आफैंले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा उठाएको ‘त्रिदेशीय जलवायु संयन्त्र’ को मुद्दा नउठाएकामा जलवायु विज्ञहरूले आश्चर्य व्यक्त गरेका छन्।
गत सेप्टेम्बरमा सम्पन्न महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न भारत, चीन र नेपाल सम्मिलित संयुक्त त्रिदेशीय जलवायु संयन्त्र निर्माण गर्न आवश्यक रहेको धारणा राख्दै हिमाललाई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने प्रस्ताव गरेका थिए। तर, भारत भ्रमणका क्रममा भने उनले आफैंले अघि सारेको उक्त विषय उठाएनन्।
भारतका विदेशसचिव विक्रम मिश्रीले नेपालका तर्फबाट संयन्त्रबारे ठोस प्रस्ताव नआएको जिकिर गरे। भ्रमणपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘नेपालले कस्तो खालको संयन्त्र चाहेको हो, यस विषयमा औपचारिक र ठोस प्रस्तावको प्रतीक्षामा छौं।’






प्रतिक्रिया दिनुहोस्