महानगरले अनामनगरमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र खोल्ने

 काठमाडौं महानगरपालिकाले अनामनगरमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ।

वडा कार्यालय अगाडिको जग्गामा निर्माण गर्न लागिएको ‘काठमाडौं स्कुल फर चिल्ड्रेन विथ अटिजम एन्ड रिसर्च सेन्टर’को काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरे। 

frontline

प्रत्येक बालबालिकालाई सम्मानपूर्वक बाँच्न, खेल्न र पढ्न पाउने बराबर अधिकार रहेको उल्लेख गर्दै अटिजम, बौद्धिक वा शारीरिक अपाङ्गता भएकाहरूलाई शिक्षाबाट वञ्चित हुन नदिन अटिजम विद्यालय स्थापना गर्न लागिएको डंगोलले बताए। 

उनले शिलान्यास केवल एउटा भवनको मात्र नभई मानवता, करुणा, समावेशिता र समतामूलक समाज निर्माणको एउटा महत्वपूर्ण खुड्किलो भएको उल्लेख गरे। विज्ञ र गैरसरकारी संस्थाहरूसँग ज्ञान साझेदारी गर्दै स्पष्ट नीति तथा कार्यविधि निर्माण गर्न अटिजम अनुसन्धान केन्द्रले मद्दत गर्ने उनको भनाइ छ। 

उनले अटिजम भएका बालबालिकाको हेरचाह गर्दा अभिभावकले पूर्णकालीन जागिर गर्न नसक्ने र आर्थिक तथा मानसिक दबाब भोग्नुपर्ने यथार्थलाई ध्यानमा राखी महानगरले अभिभावकका लागि मनोसामाजिक परामर्श र सीप विकास तालिम सञ्चालन गरी बजारसँग जोड्ने काम गरिरहेको बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here