कांग्रेस बैठकमा उठ्यो देउवा पक्षको महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई कारबाहीको माग

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्ने महाधिवेशनमा सक्रिय भएका जनप्रतिनिधिहरूलाई पदमुक्त गर्नुपर्ने विषय उठेको छ ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिमा दोस्रो दिन धारणा राख्दै केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले वैधानिक महाधिवेशनको विरुद्धमा लाग्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्नुपर्ने विचार राखेका छन् ।

frontline

‘पार्टीको टिकट, झण्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको वैधानिक महाधिवेशन र विधि, प्रक्रियागत गतिविधिमा सहभागी नभई आज पार्टीको नीति र हितविपरीतका गतिविधिमा संलग्न छन्,’ तिमिल्सिनाले बैठकमा भने, ‘पदमा पुगेपछि अनुशासन उल्लंघन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधान बमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोग मार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु ।’

देउवा पक्षको महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई हटाउने संकेत हिजोको बैठकमा सभापति गगन थापाले गरेका थिए ।

‘हामी तयार छौँ अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना र कार्यविभाजनसहित पार्टीपंक्ति पूर्ण रूपले परिचालन गर्नुपर्ने विचार तिमिल्सिनाले राखे ।

तिमिल्सिनाले नेविसंघ , तरुण दल , महिला संघ , किसान महासंघ , ट्रेड युनियन,दलित संघ, लोकतान्त्रिक खेलकुद संघ लगायतका भ्रातृ तथा शुभेच्छुक संस्थाले ३ देखि ६ महिनाभित्र अनिवार्य अधिवेशन गर्ने कार्यतालिका तय गर्नुपर्ने बताए ।

बाढी प्रभावित परिवारलाई तत्काल उचित राहत, सुरक्षित आवास सहित पुनर्निर्माण, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारमाथि पार्टीले ठोस दबाब सिर्जना गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here