सुनको मूल्य तोलाको ५ सयले बढ्यो
नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आज सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको दुई लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३१४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसअघि सोमबार चाँदी ३११० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्