लुम्बिनी भ्रमणबाट फर्कँदै गरेकाे बस दुर्घटना, २२ जना घाइते

दाङको लमही नगरपालिका–९, शिवखोलास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।   

बिहीबार बिहान करिब ८:३० बजे लुम्बिनी भ्रमण सकेर बुटवलबाट बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेका थिए।  

frontline

दुर्घटनामा घाइते भएका २२ जनाको बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको छ। अन्य ३१ जना यात्रुको अवस्था सामान्य रहेकाले उनीहरूलाई अर्को सवारी साधनको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here