पञ्चेश्वर अघि बढाउन फेरि पनि ‘राजनीतिक सहमति’ बाधक

 महाकाली सन्धि भएको तीन दशकसम्म कार्यान्वयन हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आगामी भारत भ्रमणका क्रममा पनि अघि बढ्ने सम्भावना कम देखिएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डामा पञ्चेश्वरलाई राख्न दुवै पक्ष सकारात्मक भए पनि यसमा ठोस प्रगति हुने सम्भावना भने नभएको ऊर्जा तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

frontline

नेपाल र भारतबीच सन् १९९६ मा भएको महाकाली सन्धिमा नै दुई देशले समान लाभ पाउने गरी पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण गर्ने उल्लेख छ ।

तर, सन्धि भएको तीन दशकसम्म परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here